एनआइसी एशियाले खोल्यो काठमाडौंमा एकैपटक ६ नयाँ शाखा

काठमाडौं । एनआइसी एशिया बैंकले एकैपटक ६ वटा नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।

 

बैंकले काठमाडौंको बोहोराटार, कलङ्की खसीबजार, माछापोखरी, नरेफाँट, पुतलीसडक र स्वयम्भूमा नयाँ शाखा खोलेको हो ।

 

बोहोराटार शाखाको उद्घाटन स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरे गरे भने अन्य शाखाको उद्घाटन सम्बन्धित वडाका वडा अध्यक्षहरुले गरेका थिए ।

 

बैंकले मुलुकभर ३११ शाखा कार्यालय, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

रिङरोडमा चल्ने मोनो रेलको डीपीआरको प्राविधिक काम सम्पन्न Read Previous

रिङरोडमा चल्ने मोनो रेलको डीपीआरको प्राविधिक काम सम्पन्न

मध्यमर्स्याङ्दीको उत्पादन २५ मेगावाट घट्यो Read Next

मध्यमर्स्याङ्दीको उत्पादन २५ मेगावाट घट्यो