बिलबिजक नभएको मोटरपार्टस् सहित दुई ट्रक नियन्त्रणमा

वीरगञ्ज । पर्सा प्रहरीले बिलबिजनक नभएको १ करोड ८९ लाख ५० हजार ६२२ रुपैयाँ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पुर्याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए ।

प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरेको हो ।रासस

लक्ष्मी सनराइज बैंकको शाखा थलीमा Read Previous

लक्ष्मी सनराइज बैंकको शाखा थलीमा

बोइङले विमान दुर्घटनाको साढे ३२ अर्ब जरिवाना तिर्ने Read Next

बोइङले विमान दुर्घटनाको साढे ३२ अर्ब जरिवाना तिर्ने