काठमाडौं । अमेरिकी जहाज निर्माता कम्पनी २४३.६ मिलियन डलर (करिब ३२ अर्ब ५० करोड रुपैयाँ) जरिवाना तिर्न सहमत भएको छ ।
५ वर्ष अघि भएका दुई जहाज दुर्घटनमा आफ्नो गल्ती स्वीकार्दै बोइङ उक्त रकम जरिवाना तिर्न सहमत भएको हो ।
सन् २०१८ र २०१९ मा बोइङका दुई ७३७ म्याक्स विमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएको थियो । ती घटनाको बारेमा अमेरिकी न्याय विभागले गरेको अनुसन्धानमा बोइङ दोषी भेटिएको थियो ।
कम्पनीले यसअघि ती दुर्घटनाको क्षतिपूर्तिबापत २४३ मिलियन क्षतिपूर्ति तिरेको थियो भने अब थप २४३.६ मिलियन डलर जरिवाना तिर्नेछ ।
यस्तै, कम्पनीले सुरक्षा कार्यक्रमहरूमा लगानी गर्नुपर्नेछ । कम्पनीलाई परीक्षणमा पनि राखिनेछ । ३ वर्षको लागि स्वतन्त्र अनुपालन अनुगमनको अधिनमा रहने छ ।
संघीय अभियोजकहरूले पीडितका परिवारका सदस्यहरूसँग धेरै पटक भेटेका थिए । जसले बोइङलाई कडा जरिवाना र थप जरिवानाको माग गरेका थिए ।
पीडीत परिवारका सदस्यहरूले भने बोइङले जरिवाना तिर्ने सहमत भएको सम्झौतालाई अस्वीकार गरेका छन् । उनीहरूले बोइङले गल्ती स्वीकारेपछि थप कानुकारी कारबाही र सजाय भोग्नु नपर्ने भन्दै विरोध गरेका हुन् ।