काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा सेवा विस्तार गरेको छ ।
बैंकले काठमाडौंको बौद्धमा रहेका २ शाखामध्ये एउटा शाखा थलीमा स्थानान्तरण गर्दै आफ्नो सेवा विस्तार गरेको हो ।
स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखा (हालको स्थान बाट ४०० मिटर) मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।
लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरू प्रदान गर्नेछ ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ एजेन्ट रहेका छन् ।