बाढीपहिराेले हालसम्म ७० जनाको मृत्यु, ५ बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र ५ जना बेपत्ता भएको जानकारी दिए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त अवधिमा बाढीपहिराका ९६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र ३३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।

उक्त अवधिमा ४ हजार ७९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र रु ९करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एक सातादेखि कर्णालीका ५ जिल्लामा हवाई र सडक यातायात सेवा बन्द Read Previous

एक सातादेखि कर्णालीका ५ जिल्लामा हवाई र सडक यातायात सेवा बन्द

लक्ष्मी सनराइज बैंकको शाखा थलीमा Read Next

लक्ष्मी सनराइज बैंकको शाखा थलीमा