महँगोमा आइपीओ ल्याउन लागेको रिलायन्स स्पिनिङको नाफा ९७% घट्यो, ईपीएस कति ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको खुद नाफामा भारी गिरावट आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा गत असारको तुलनामा खुद नाफा ९७.१६ प्रतिशतले घटेको हो ।

चैतसम्म कम्पनीले २ करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत असारको तुलनामा ९० करोड १५ लाख रुपैयाँ कम हो । असार मसान्तसम्म कम्पनीले ९२ करोड ७८ लाख २१ हजा रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको व्यापारमा उच्च गिरावट आउँदा नाफामा पहिरो गएको हो । गत वर्ष असारसम्म १० अर्ब ५८ लाख रुपैयाँ व्यापार गरेको कम्पनीले चैतसम्म आइपुग्दा ७ अर्ब २१ लाख रुपैयाँ मात्रै कायम भएको छ ।

यस्तै, कम्पनीको अन्य आम्दानी पनि ३ करोड ७४ लाखबाट घटेर २ करोड १४ लाख रुपैयाँ झरेको छ । वित्तीय खर्च २४ करोड ९० लाखबाट बढेर ३७ करोड ३३ लाख पुगेको छ ।

हाल १ अर्ब ७० करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीका अन्य इक्विटीमा ५ अर्ब ३२ करोड रुपैयाँ संचित ।

नाफामा उच्च गिरावट आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी ७२.४६ रुपैयाँबाट घटेर २.०८ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ४११.६९ रुपैयाँ छ ।

कम्पनीले यही असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहको नेपालीका लागि बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्दैछ । कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले आइपीओ जारी गर्न लागेको हो । आवेदन दिन सक्नेछन् । यस आइपीओमा लगानीकर्ताले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

ठेक्का अलपत्र पार्ने २९ कम्पनी एकैपटक कालोसूचीमा Read Previous

ठेक्का अलपत्र पार्ने २९ कम्पनी एकैपटक कालोसूचीमा

नेप्सेमा लगातार पाँचौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा लगातार पाँचौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी