ठेक्का अलपत्र पार्ने २९ कम्पनी एकैपटक कालोसूचीमा

काठमाडौं । ठेक्का लिएर सम्झौता अनुसार काम नगर्ने ठेकेदारलाई सरकारले धमाधम कालोसूचीमा राख्न थालेको छ ।

चालु आर्थिक वर्षको ११ महिना (जेठसम्म) २०० बढी कम्पनीलाई कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार एकैदिन २९ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले ती निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो । विभिन्न निकायहरूको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार भारत कन्स्ट्रक्सन, सिद्धिसाइ प्रकास कन्स्ट्रक्सन, एम/एस शुइफा आन्हे ग्रुप, विवश इन्टरनेशनल कन्स्ट्रक्सन र हिमालयन इन्फ्रास्ट्रक्चरलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यसैगरी, भूमि इन्फ्रास्ट्रक्चर, बुद्ध कन्स्ट्रक्सन, ओम बुद्ध इन्जिनीयरिङ, गुप्ता पावर इन्फ्रास्ट्रक्चर २ वर्षका लागि कालोसूचीमा परेका छन् ।

त्यस्तै, पूजा कन्स्ट्रक्सन, आर्शिवाद निर्माण सेवा, न्यू जगन्नदेवी निर्माण सेवा, युसब कन्स्ट्रक्सन, शंकरमाली निर्माण सेवालाई २ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा पुनः पोखरेल निर्वाचित, आगामी वर्ष आइपीओ Read Previous

ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा पुनः पोखरेल निर्वाचित, आगामी वर्ष आइपीओ

महँगोमा आइपीओ ल्याउन लागेको रिलायन्स स्पिनिङको नाफा ९७% घट्यो, ईपीएस कति ? Read Next

महँगोमा आइपीओ ल्याउन लागेको रिलायन्स स्पिनिङको नाफा ९७% घट्यो, ईपीएस कति ?