ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा पुनः पोखरेल निर्वाचित, आगामी वर्ष आइपीओ

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः जगत पोखरेल निर्वाचित भएका छन् ।

बुटवलमा सम्पन्न कम्पनीको प्रथम साधारण सभाले संस्थापक अध्यक्ष पोखरेलको नेतृत्वमा ४ वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरेको हो ।

कम्पनीको संस्थापक सदस्यहरूमा दीपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपाने निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित पोखरेल लघुवित्त महासंघ नेपाल, भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनीलगायतका कम्पनीको संस्थापक तथा वहालवाला अध्यक्ष हुन् । उनी आरम्भ चौतारी माइक्रोफाइनान्सको संस्थापक अध्यक्ष र लुम्बिनी मेडिकल कलेजको संस्थापक समेत हुन् ।

कम्पनीको साधरण सभाले आगामी आर्थिक वर्षमा प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

बुटवलमा प्रधान कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशका ग्रामीण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा सुरु गर्ने निर्णय पनि गरेको छ।

घुम्ती बीमा सेवाका लागि कम्पनीका नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापा, कम्पनीका अध्यक्ष पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुङ्गानाले संयुक्त रुपमा मोबाइल भ्यानको समेत उद्घाटन गरेका थिए ।

मोबाइल भ्यान मार्फत सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने सीईओ ढुंगानाले बताए ।

गत चैत ९ गतेदेखि औपचारिक रुपमा बुटवलबाट सेवा सुरु गरेको ट्रष्ट माइक्रोले देशभरका झण्डै १ दर्जन शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

यस माइक्रो इन्स्योरेन्सले ७ लाखसम्मको सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमा, ५० लाख रुपैयाँसम्मको घर, सम्पत्ति र सावारी साधन बीमा सेवा दिँदै आएको छ ।

बाढीपहिरोका कारण २७ मुख्य सडक पूर्ण रूपमा अवरुद्ध, कुनको कहाँ ? Read Previous

बाढीपहिरोका कारण २७ मुख्य सडक पूर्ण रूपमा अवरुद्ध, कुनको कहाँ ?

ठेक्का अलपत्र पार्ने २९ कम्पनी एकैपटक कालोसूचीमा Read Next

ठेक्का अलपत्र पार्ने २९ कम्पनी एकैपटक कालोसूचीमा