काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार बढ्दै आएको सुनको मूल्य आज इतिहासकै महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ बढेर १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि गत जेठ २५ गते सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो।
महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७००० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ३९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेर १८९० रुपैयाँमा कारोबार भइरहेको छ ।