सिद्धार्थ राजमार्ग झण्डै ५० मिटर भासियो, सवारीसाधन बीचमै रोकिए

फाइल तस्वीर

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका-११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् ।

वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् ।रासस

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४५ हजार नाघ्यो Read Previous

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४५ हजार नाघ्यो

सप्तकोशीको जलसतह जोखिम विन्दुभन्दा माथि, कोशी ब्यारेजका सबै ५६ ढोका खोलिए Read Next

सप्तकोशीको जलसतह जोखिम विन्दुभन्दा माथि, कोशी ब्यारेजका सबै ५६ ढोका खोलिए