सप्तकोशीको जलसतह जोखिम विन्दुभन्दा माथि, कोशी ब्यारेजका सबै ५६ ढोका खोलिए

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेज ।

सुनसरी । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ ।

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रतिघण्टा ३ लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन् ।

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत दिन रातो बत्ती बालिएको छ भने राता झण्डा फहराइएका छन् ।

सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।

सिद्धार्थ राजमार्ग झण्डै ५० मिटर भासियो, सवारीसाधन बीचमै रोकिए Read Previous

सिद्धार्थ राजमार्ग झण्डै ५० मिटर भासियो, सवारीसाधन बीचमै रोकिए

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन Read Next

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन