भिमसेन मन्दिर पुनर्निर्माण गर्न हिमालयन बैंकको सहयोग

काठमाडौं । हिमालयन बैंकले पाटन दरबारस्थित भिमसेन मन्दिरको पुनर्निर्माणको लागि ५ लाख बराबरको आर्थिक सहयोग गरेको छ।

 

बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनलाई एक समारोहकोबीच हस्तान्तरण गरे।

 

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका व्यापारीहरु तथा बैंकका संचालक, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक महाप्रबन्धकको उपस्थिति थियो।

 

आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत पाटन दरवार क्षेत्र तथा कृष्ण मन्दिर पुनर्निर्माण गर्न १ करोड रुपैयाँ प्रदान गरेको थियो।

अब अनलाइनबाटै राजस्व संकलन Read Previous

अब अनलाइनबाटै राजस्व संकलन

रिङरोडमा चल्ने मोनो रेलको डीपीआरको प्राविधिक काम सम्पन्न Read Next

रिङरोडमा चल्ने मोनो रेलको डीपीआरको प्राविधिक काम सम्पन्न