अब अनलाइनबाटै राजस्व संकलन

इलामको माई नगरपालिकामा आजदेखि अनलाइन प्रणालीमार्फत राजश्व संकलन सुरु गरिँदैछ। नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि पनि अनलाइन प्रणालीमार्फत राजश्व संकलन सुरु गर्न लागिएको हो।

 

नगरपालिकाको काम छिटो तथा आधुनिक बनाउन पहल भइरहेका बेला यस प्रविधिले पनि सहयोग मिल्ने नगर प्रमुख दीपक थेवेले बताए। यसका लागि आवश्यक इन्टरनेट जडान भइसकेको, कम्प्युटर र दक्ष कर्मचारीसमेत नगरपालिकाले ठिक पारेको उनले बताए।

 

नगरपालिकाका कर्मचारीलाई दुईदिने तालिम दिइएको छ। प्रत्येक वडामा एक/एक कर्मचारीलाई यससम्बन्धी तालिम दिएर काम गर्न सक्ने बनाइएको उनले बताए।

 

यसअघि नै जिल्लाका इलाम, देउमाई र सूर्योदय नगरपालिकामा अनलाइनबाट राजस्व संकलन सुरु भइसकेको छ।रासस

कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर संचालन Read Previous

कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर संचालन

भिमसेन मन्दिर पुनर्निर्माण गर्न हिमालयन बैंकको सहयोग Read Next

भिमसेन मन्दिर पुनर्निर्माण गर्न हिमालयन बैंकको सहयोग