कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर संचालन

काठमाडौं । विराटनगर महानगरपालिकास्थित कोशी अस्पतालमा सोमबार प्रभु बैंकले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ।

 

कोशी अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट डा. गुणराज लोहनीले सोमबार एक समारोहकाबीच उक्त एक्स्टेन्सन काउन्टरको उद्धघाटन गरे।

 

यो एक्स्टेन्सन काउन्टरबाट सार्वजनिक विदाको दिनबाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकिङ सेवा उपलब्ध हुनेछ।

 

उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

 

उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउने छन् ।

 

एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

सूचकमा सुधार भएपनि कारोबार रकम १३ करोडले घट्यो Read Previous

सूचकमा सुधार भएपनि कारोबार रकम १३ करोडले घट्यो

अब अनलाइनबाटै राजस्व संकलन Read Next

अब अनलाइनबाटै राजस्व संकलन