काठमाडौं । यो साता आइतबारदेखि ओरालो लागेको बजारमा आज झिनो सुधार देखिएको छ । सूचकमा सुधार आएपनि कारोबार रकममा भने १३ करोडको गिरावट आएको छ ।
सोमबार करिब १४ अंकले घटेको सेयर बजार मापक सूचक नेप्से आज १.२६ अंकले बढेर ११५५.३७ विन्दुमा पुगेको छ । आज १६७ कम्पनीको २७ करोड ९२ लाख ४४ हजार १३५ रुपैयाँ बराबरको कारोबार भएको छ । ८ लाख ४० हजार ६७७ कित्ता सेयर किन बेच भएका छन् ।
आज कारोबार भएका १२ वटा समूहमध्ये ८ समूहको सूचक उकालो लागेका छन् भने ४ समूहको सूचक ओरालो लागेका छन् । आज होटल समूहको सूचक सबैभन्दा धेरै १२.७५अंकले घटेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ४६.५८ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा आजपनि एनएमबी बैंकको सेयर नै शीर्ष स्थानमा रह्यो । यसको ३ करोड ४६ लाख २८ हजार ६४३ रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ९.६८ प्रतिशतले बढेको छ । दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.८९ प्रतिशतले घटेको छ ।