कामना सेवा विकास बैंकले ३५ करोडको अग्राधिकार सेयर जारी गर्ने, ९% लाभांश दिने

काठमाडौं । कामना सेवा विकास बैंकले अविमोच्य असंचित अग्राधिकार सेयर (सेयर रकम फिर्ता नहुने) जारी गर्ने भएको छ ।

असार १७ गते बसेको बैंक संचालक समितिको बैठकले प्रतिकित्ता १०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

उक्त सेयर बैंकले व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्ने जनाएको छ ।

बैंकका अनुसार उक्त अग्राधिकार सेयरमा लगानी गर्नेले वार्षिक ९ प्रतिशत प्रतिफल पाउने छन् । यद्यपि, नाफा कमाएको वर्ष मात्रै लाभांश दिने बैंकले जनाएको छ ।

पूँजीकोषको दबाबमा रहेको बैंकले पूँजी कोष व्यवस्थापनका लागि अग्राधिकार सेयर जारी गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले हालै पूँजी कोष व्यवस्थापनका लागि अग्राधिकार सेयर जारी गर्न पाउने व्यवस्था गरेको थियो ।

तोकिएको पूँजीकोष कायम गर्न नसके बैंकहरुलाई थप कर्जा विस्तारमा समस्या हुन्छ । साथै, कुनै आर्थिक वर्षको कुनै अवधिमा तोकिएको पूँजीकोष अनुपात कायम गर्न नसके राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँछ ।

हिमालय ऊर्जाको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन Read Previous

हिमालय ऊर्जाको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौंको नयाँबजारमा सडक भासियो, सवारी आवागमन प्रभावित Read Next

काठमाडौंको नयाँबजारमा सडक भासियो, सवारी आवागमन प्रभावित