काठमाडौंको नयाँबजारमा सडक भासियो, सवारी आवागमन प्रभावित

काठमाडौं । काठमाडौं सोह्रखुट्टे-बालाजु सडक खण्डको नयाँबजारमास्थित कुमारी टोलमा सडक भासिएको छ ।

बीच सडकमा ठूलो खाल्डो पर्दा बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो । उक्त मोटरसाइकलका पठाओ चालक विकास शाक्य भने सकुशल रहेका छन् । मोटरसाइकललाई क्रेनको सहायताले झिकिएको छ ।

बीच सडकमा क्षति पुगेपछि सवारी आवागमन पनि प्रभावित भएको छ । सवारी साधनलाई दायाँबायाँका एक/एक लेनमा मात्र सवारी साधन चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

अहिले उक्त खाल्डो मर्मत भइरहेको प्रहरीले जनाएको छ । सडक खाल्डो पर्नुको एकीन कारण नखुले पनि सडक मुनि रहेको मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर खाल्डो परेको बताइएको छ ।

कामना सेवा विकास बैंकले ३५ करोडको अग्राधिकार सेयर जारी गर्ने, ९% लाभांश दिने Read Previous

कामना सेवा विकास बैंकले ३५ करोडको अग्राधिकार सेयर जारी गर्ने, ९% लाभांश दिने

बैंकिङ प्रणालीबाट एकैदिन ५० अर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकिङ प्रणालीबाट एकैदिन ५० अर्ब तान्दै राष्ट्र बैंक