काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले शतप्रतिशत हकप्रद सेयर प्रयोजनाका लागि भोलि (असार २० गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो ।
हाल ९९ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि १ अर्ब ९८ करोड रुपैयाँ पुग्ने छ ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।