काठमाडौं । उद्योग संगठन मोरङले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि २४ बुँदे सुझाव दिएको हो ।
उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंक अन्तर्गतको आर्थिक अनुसन्धान विभागलाई २४ वटा बुँदामा आफ्ना सुझावहरु दिएको हो ।
उद्योग संगठले उधारो कारोबार नियमन र रिकभरी गर्ने संयन्त्र स्थापना गर्न, ऋणीको आर्थिक दायित्वमा संरचनात्मक सुधार ल्याउन, उधारो कारोबार नियमन गर्न, नीतिगत दरका कुराहरु समावेश गर्न, पुनरकर्जा, सहुलियतपूर्ण कर्जा, चालु पूँजी कर्जालगायतका विषयहरु सुझाव दिएको छ ।
टीआर कर्जाको अवधि ९० दिनबाट बढाएर १८० दिन पुर्याउन, काउन्टर साइक्लिङ बफर हाल लागू नगर्न, धितोको आधरमा प्रवा गर्ने ऋणको अनुपात ८० प्रतिशत पुर्याउन लगायत काग गरेको छ ।