पहिरोले कालीगण्डकी करिडोरमा यातायात ठप्प, वर्षा नरोकिँदासम्म खुलाउन नसक्ने

बागलुङ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

बागलुङको जैमिनी नगरपालिका-५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेको बताए।

वर्षा नरोकिँदासम्म सडक खुलाउन नसकिने उनले जानकारी दिए । उनले भने, ‘अहिले भारी वर्षा जारी रहेको हुँदा सडक खुलाउन सकिएको छैन, अहिले पनि सडकमाथिबाट लगातार पहिरो खसिरहेको छ ।’

यसैगरी, करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण खुलाउन नसकिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ सिधा यातायताबाट बिच्छेद भएको छ ।

उद्योग संगठन मोरङले मौद्रिक नीतिका लागि दियो २४ बुँदे सुझाव Read Previous

उद्योग संगठन मोरङले मौद्रिक नीतिका लागि दियो २४ बुँदे सुझाव

नेप्सेमा १ मिनेटमै पोजेटिभ सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगित Read Next

नेप्सेमा १ मिनेटमै पोजेटिभ सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगित