प्रभु बैंकले संचालनमा ल्यायो ‘बिजनेश डेबिट कार्ड’, यस्ता छन् फाइदा

काठमाडौं । प्रभु बैंकले बिजनेश डेबिट कार्ड सेवा संचालनमा ल्याएको छ । बैंकले भिजा इन्टरनेशनलसँगको सहकार्यमा आजदेखि पूर्ण नविनतम् सुविधा सहितको बिजनेश डेकिट कार्ड संचालनमा ल्याएको हो ।

प्रभु बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै व्यवसायिक कारोबारको सरल र सुरक्षित् विद्युतीय भुक्तानीको माध्यम मानिन्छ ।

बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरूलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरिएको बैंकले जनाएको छ ।

यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । यसबाट व्यापारिक घराना, फर्म, कम्पनी, कर्पाेरेट र व्यापारिक घराना, स्कूल तथा कलेज र विश्वविद्यालय, होटल तथा रेस्टुरेन्ट, अस्पताल लगायत लाभान्वित हुने छन् ।

यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो, जहाँ कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ । बिजनेस डेबिट कार्डको मद्दतले टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरू मार्फत ट्राभल एजेन्टहरू सँग खरीद गर्न सकिन्छ ।

त्यस्तै, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरीदको लागि भुक्तानी गर्न सक्दछन् । ई–कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालन का लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूका लागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दछ ।

प्रभु बैंकद्धारा सञ्चालनमा आएको यो बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबद्र्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।

अर्थ मन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकासा Read Previous

अर्थ मन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकासा

मुलुक ऋणको पासोमा पर्दैन, ऋण उठाएको मात्रै होइन तिर्दै पनि आएको छौं : अर्थमन्त्री Read Next

मुलुक ऋणको पासोमा पर्दैन, ऋण उठाएको मात्रै होइन तिर्दै पनि आएको छौं : अर्थमन्त्री