अर्थ मन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकासा

काठमाडौं । अर्थ मन्त्रालयले दीर्घ रोगीहरुका लागि औषधि उपचार खर्च बापत ३५ करोड, २६ लाख १९ हजार रकम निकासा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकाशा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् ।

उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले माशिक ५ हजार पाउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट उक्त रकम निकाशा गरिएको मन्त्रालयले जनाएको छ । उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुनेछ ।

प्रभु बैंकका ग्राहकले होटल हिमालयमा विशेष छुट पाउने Read Previous

प्रभु बैंकका ग्राहकले होटल हिमालयमा विशेष छुट पाउने

प्रभु बैंकले संचालनमा ल्यायो 'बिजनेश डेबिट कार्ड', यस्ता छन् फाइदा Read Next

प्रभु बैंकले संचालनमा ल्यायो 'बिजनेश डेबिट कार्ड', यस्ता छन् फाइदा