प्रभु बैंकका ग्राहकले होटल हिमालयमा विशेष छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा विशेष छुट पाउने भएका छन् ।

बैंक र होटल बीच ग्राहकलाई होटलका विभिन्न सेवामा विशेष छ्ट दिने सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल, बजार व्यवस्थापक सबिन राणा र होटलको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

बैंकिङ प्रणालीमा थुप्रियो पैसा, ६३ खर्ब नाघ्यो निक्षेप Read Previous

बैंकिङ प्रणालीमा थुप्रियो पैसा, ६३ खर्ब नाघ्यो निक्षेप

अर्थ मन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकासा Read Next

अर्थ मन्त्रालयद्वारा दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकासा