नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च काठमाडौं अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मञ्चको छैठौँ वार्षिक साधारणसभाले गाल्छालाई अध्यक्षमा चयन गरेको हो ।

प्रार्थना साखःको अध्यक्षतामा भएको साधरणसभामा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।

नव-निर्वाचित अध्यक्ष गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले मञ्चका नवनिर्वाचित पदाधिकारीहरूले उद्यमशीलता प्रवर्द्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मञ्चका पहिलो उपाध्यक्ष आप्पा शेर्पा, दोस्रो उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरू क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल सहभागी थिए ।

उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी दुई सातादेखि आन्दोलित, राजमार्ग ठप्प पार्ने चेतावनी Read Previous

उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी दुई सातादेखि आन्दोलित, राजमार्ग ठप्प पार्ने चेतावनी

फूडमाण्डुको 'मनसुन म्याजिक' क्याम्पेन सुरू, ७० प्रतिशतसम्म छुट पाइने Read Next

फूडमाण्डुको 'मनसुन म्याजिक' क्याम्पेन सुरू, ७० प्रतिशतसम्म छुट पाइने