उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी दुई सातादेखि आन्दोलित, राजमार्ग ठप्प पार्ने चेतावनी

ठमाडौं । उद्योगहरूको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरूको आन्दोलनले दुई साता पार गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफूहरूको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरूले गुनासो गरेका छन् ।

व्यवसायीहरूले उद्योग नवीकरणको आफूहरूको माग सम्बोधन नभए उद्योगहरूको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरूमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरू समेत राजमार्गमा राखि विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

अहिले उद्योगी व्यवसायीहरूको बटमलाईन भनेको कानुनसम्त दर्ताभएका उद्योगहरूको नवीकरण रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताए । क्रसर उद्योगीहरूले विगत १० वर्षदेखी उद्योगहरूको नवीकरण हुन नसक्दा आफूहरू मारमा परेको  समेत बताए ।

आफूहरूको माग सम्बोधनका लागि पटक–पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरूसँग छलफल भएपनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

घर कर्जा विस्तारमा आक्रमक बन्दै एनआइसी, आधा हिस्सा एक्लैको, ५ बैंकले भने घटाए Read Previous

घर कर्जा विस्तारमा आक्रमक बन्दै एनआइसी, आधा हिस्सा एक्लैको, ५ बैंकले भने घटाए

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन Read Next

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन