फूडमाण्डुको ‘मनसुन म्याजिक’ क्याम्पेन सुरू, ७० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । फूड डेलिभरी कम्पनी फूडमाण्डुले ‘मनसुन म्याजिक’ नामक क्याम्पेन सुरू गरेको छ । कम्पनीले ‘भोक र झरी ? डन्ट वरी …बिकज फूडमान्डुमा अफर असारै भरी !!’ भन्ने नाराका साथ उक्त क्याम्पेन सुरू गरेको हो ।

यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खानाको मजा लिन सक्नेछन् । जसमा ग्राहकले ७० प्रतिशतसम्म भारी छुट पाउने छन् ।

साथमा सेल्स अफर अन्तर्गत ग्राहकहरूले फ्ल्याट डिस्काउन्ट, बिग प्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्स जस्ता अफरहरू पाउने छन् । यो सुविधा काठमाडौं, चितवन र पोखराका ४० भन्दा धेरै रेस्टुरेण्टबाट पाउन सक्नेछन् ।

फूडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, ईनेशा भट्टराईले मनसुन म्याजिक’ले ग्राहकलाई थप सहज र सरल सेवा प्रदान गर्ने बताइन् ।

‘यस क्याम्पेन मार्फत मनसुनको समयमा हाम्रा ग्राहकहरूलाई यस्ता अफरहरू प्रदान गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आफ्ना ग्राहकहरूलाई सेवा दिने प्रयासमा निरन्तर नै लागिरहेका हुन्छौँ,’ उनले भनिन्, ‘मनसुन म्याजिकले ग्राहकहरूलाई थप सहज र सरल सेवा प्रदान गर्नेछ भन्नेमा हामी ढुक्क छौँ ।’

सेल्स अफरका साथसाथै फूडमाण्डुले MONSOONMAGIC नामक भौचर डिस्काउन्ट पनि उपलब्ध गराउने छ । जसअन्तर्गत ग्राहकहरूलाई ४० प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

उक्त डिस्काउन्ट कति प्रतिशत हुन्छ भनेर ग्राहकहरूले चेकआउटको समयमा कोड राखेपछि मात्र थाहा पाउन सक्नेछन् । यो क्याम्पेन असार १४ गतेदेखि ३१ गतेसम्म मात्र लागू हुुने कम्पनीले जनाएको छ ।

 

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन Read Previous

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन

चन्द्रागिरि नगरपालिकाले बालबालिकाको नाममा खाता खोली ५ हजार जम्मा गरिदिने Read Next

चन्द्रागिरि नगरपालिकाले बालबालिकाको नाममा खाता खोली ५ हजार जम्मा गरिदिने