काठमाडौं । स्थानीय निकायहरूले सडक बत्ती प्रयोग गरे बापतको महशुल किस्ताबन्दीमा तिर्न पाउने भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै सडक बत्तीको बक्यौता महसुल किस्ताबन्दीमा बुझाउन सक्ने जानकारी गराएको हो ।
स्थानीय तहहरूले लामो समयदेखि सडक बत्तीको महशुल नतिरेपछि प्राधिकरणले किस्ताबन्दीको सुविधा ल्याएको हो ।
प्राधिकरणका अनुसार विद्युतका बक्यौता महसुल तिर्न स्थानीय तहहरूलाई ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिइएको छ ।किस्ताबन्दीमा महसुल तिर्न चाहने स्थानीय तहले आजको ४५ दिनभित्र आवेदन दिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।
किस्ताबन्दी सुविधाका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरेर आवेदन दिन जानकारी दिइएको छ ।