काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक (प्रमोटर) सेयर आजदेखि लिलामीमा आएको छ ।
एनआइसी एशिया बैंकले आफ्नो नाममा रहेको उक्त सेयर आजदेखि लिलामीमा ल्याएको हो ।
उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनी, जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सको सेयर किन्न इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
खरिदकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ घटाउन पाइने छैन ।
इच्छुक लगानीकर्ताले असार २३ गतेभित्र एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा आवेदन दिनुपर्नेछ ।