बुद्ध एयरले भित्र्यायो १८ औं एटीआर जहाज

buddha air-atr 72
फाइल तस्वीर

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर-७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ ।

कम्पनीले कल साइन नाइन एन-एएनजेड विमान फ्रान्सबाट ल्याएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगमी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

उनका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गरिनेछ ।

बुद्ध एयरसँग १५ थान एयरसँग एटीआर-७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन् । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुद्ध एयरले आफ्नो बेडमा नयाँ जहाज थप गरेको हो ।

बुद्ध एयरका बजार निर्देशक जोशीले सहज भाडासँगै उडान सङ्ख्या उल्लेख्य वृद्धि भई यात्रुको उडान सुविधालाई मध्यनजर गर्दै उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने विश्वास व्यक्त गरे।

बुद्ध एयरले अहिले आन्तरिकतर्फ १५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसीका लागि उडान भर्दैआएको छ । कम्पनीले पोखरा, चितवन, भैरहवा तथा नेपालगञ्जबाट पनि उडान भर्दै आएको छ ।

सिप्रदी ट्रेडिङले दुइपाँग्रे इलेक्ट्रीक उत्पादन गर्ने Read Previous

सिप्रदी ट्रेडिङले दुइपाँग्रे इलेक्ट्रीक उत्पादन गर्ने

देशभर ५०% रोपाइँ गर्न मनसुनी वर्षाकै भर, आधा असार बित्दा भयो १०% मात्रै Read Next

देशभर ५०% रोपाइँ गर्न मनसुनी वर्षाकै भर, आधा असार बित्दा भयो १०% मात्रै