सिप्रदी ट्रेडिङले दुइपाँग्रे इलेक्ट्रीक उत्पादन गर्ने

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा ४ दशक बढी अनुभव भएको सिप्रदी ट्रेडिङले दुईपाँग्रे इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्ने भएकाे छ ।

हाल टाटाका चारपाँग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको सिप्रदीले अब नेपालमै दुईपाँग्रे इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्ने भएको हो ।

सिप्रदिले नेपाली स्टार्ट अप इलेक्ट्रीक यात्री इनर्जीसँग सहकार्य गर्दै नेपालमै इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने भएको हो । शुक्रबार दुवै कम्पनीले सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । यद्यपि, हालसम्म सार्वजनिक भने गरेका छैनन् ।

यात्रीले २०७६ पुसदेखि नेपालमै इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्दै आएको छ । यात्री इनर्जीले पी १ मोटरसाइकलको डिजाइन तथा उत्पादनको काम गर्दै आएको छ ।

पूर्णतया नेपालमै बनेको यो मोटरसाइकल अहिले नेपाली सडकमा १०० यूनिट हाराहारीमा गुडिरहेका छन् । यात्रीको पोर्टफोलियोमा लिमिटेड एडिशन यात्री ‘पी जिरो’ र रेगुलर मोडल यात्री पी १ रहेको छ ।

यात्रीले पी १ को जेन २ ल्याउने तयारी गरिरहेको छ ।

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द, अब फेरि दरखास्त आह्वान गर्नुपर्ने Read Previous

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द, अब फेरि दरखास्त आह्वान गर्नुपर्ने

बुद्ध एयरले भित्र्यायो १८ औं एटीआर जहाज Read Next

बुद्ध एयरले भित्र्यायो १८ औं एटीआर जहाज