काठमाडौं । एनआइसी एशिया बैंक ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स-पीसीएएफ)’को सदस्य बनेको छ ।
पीसीएएफ विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक पहल हो । जसले उनीहरूको ऋण र लगानीसँग जोडिएको हरित गृह ग्यास उत्सर्जनको मूल्यांकन र खुलसा गर्ने गर्दछ ।
पीसीएएफ ६ वटा महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसहित उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया–प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ।
एनआइसीले अब पीसीएएफसँग पङ्क्तिबद्ध भएर आफ्नो कार्बन फुटप्रिन्टहरूको पारदर्शी मूल्याङ्कन मार्फत वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिने गर्दछ ।
‘विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ रुपान्त्रण हुँदै गएकाले, एनआइसी एशिया बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने, रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायु मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध छ,’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने ।
बैंकले हाल देशभरका ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएको छ ।