वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति ६ महिनामै ३ खर्ब बढ्यो, दायित्व ७.१ प्रतिशतले वृद्धि

काठमाडौं । वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति झण्डै साढे १७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण’ अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म वित्तीय क्षेत्रको सम्पत्ति १९.५ प्रतिशतले बढेर १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । चालु आवको ६ महिनामा वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति २ खर्ब ९१ अर्ब ७८ करोड रुपैयाँ बढेको हो । गत असार मसान्तसम्म यस्तो सम्पत्ति १४ खर्ब ४७ अर्ब ६ करोड रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिमा खुद आन्तरिक सम्पति १.५ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०८० असार मसान्तमा आन्तरिक सम्पत्ति ६८ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ रहेकोमा पुस मसान्त आइपुग्दा बढेर ६९ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

वित्तीय क्षेत्रको तरल दायित्व २०८० असार मसान्तमा ५३ खर्ब ६८ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा ७.१ प्रतिशतले बढेर ५७ खर्ब ४९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी, वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा २०८० असारमा ५ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा पुससम्म ३.६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ९९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय क्षेत्रको नेपाल सरकार माथिको खुद दाबी २०८० असार मसान्तमा १० खर्ब २४ अर्ब ९५ करोड रहेकोमा पुस मसान्तमा ८.३ प्रतिशतले घटेर ९ खर्ब ४० अर्ब ३४ करोड रुपैयाँ रहेको छ । यस्तै, वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३.२ प्रतिशतले वृद्धि भई ५९ खर्ब ६५ अर्ब ९२ करोड रहेको रुपैयाँ पुगेको छ ।

गैर वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति ऋणात्मक

अन्य वित्तीय संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)को खुद वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा १० अर्ब ५० करोडले ऋणात्मक रहेकोमा पुस मसान्तमा १ अर्ब ३१ करोडले ऋणात्मक रहेको छ ।

त्यस्तै, अन्य वित्तीय संस्थाको आन्तरिक दाबी २०८० असार मसान्तमा १८ खर्ब ९९ अर्ब १३ करोड रुपैयाँ रहेकोमा पुससम्म ०.६ प्रतिशतले घट्न गई १८ खर्ब ८६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

अन्य वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी २०८० असार मसान्तमा ८ खर्ब ७५ अर्ब ६२ करोड रहेकोमा पुससम्म ४ प्रतिशतले घटेर ८ खर्ब ४० अर्ब ३७ करोड रुपैयाँमा झरेको छ ।

एनआइसी एशिया बन्यो 'पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स'को सदस्य Read Previous

एनआइसी एशिया बन्यो 'पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स'को सदस्य

सिटिजन लाइफ इन्स्योरेन्सको 'सिटिजन बचत वृद्धि' योजना सार्वजनिक Read Next

सिटिजन लाइफ इन्स्योरेन्सको 'सिटिजन बचत वृद्धि' योजना सार्वजनिक