सेल पेबाट क्लासिक टेकको बिल भुक्तानी गर्दा बुलेट बाइक जित्ने अवसर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकको भुक्तानी सेल पे वाल्लेट मार्फत गर्दा बुलेट बाइक जित्न सकिने भएको छ ।

कम्पनीले ‘बुलेट बाइक सरर, इन्टरनेट टीभी फरर’ अफर ल्याएको हो । यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकले इन्टरनेट टीभीको शुल्क सेल पे वालेटबाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्परमा रोयल इनफिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्नेछन।

साथै, हरेक महिना म्याकबुक, अइप्याड र एप्पल वाच जित्ने अवसर छ। उक्त अफरमा पुराना ग्राहकका लागि रिचार्ज अफरमा ३२५ एमबीपीएससहित २०० बढी एचडी र एसडी च्यानल रहेको इन्टरनेट टीभी प्रतिमहिना ७९९ रुपैयाँमै पाउने छन् ।

नयाँ ग्राहकका लागि कम्पनीले ३३०० रुपैयाँमा २०० एमबीपीएस इन्टरनेट ३ महिनासम्म उपलब्ध गराउने भएको छ । साथै, ग्राहकले वाइफाइ ६ राउटर समेत पाउने छन् ।

यो अफर आगामी कात्तिक मसान्तसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

कुमारी बैंकको झण्डै १४ लाख कित्ता सेयर लिलामीमा आयो Read Previous

कुमारी बैंकको झण्डै १४ लाख कित्ता सेयर लिलामीमा आयो

भरतपुरमा श्री एयरलाइन्सको परीक्षण उडान सफल, बुद्धको एकाधिकार तोडिँदै Read Next

भरतपुरमा श्री एयरलाइन्सको परीक्षण उडान सफल, बुद्धको एकाधिकार तोडिँदै