कुमारी बैंकको झण्डै १४ लाख कित्ता सेयर लिलामीमा आयो

काठमाडौं । कुमारी बैंकको झण्डै १४ लाख कित्ता संस्थापक (प्रमोटर) सेयर बिक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनी वीरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । पहिलो चरणमा नबिकेमा दोस्रो चरणमा कुनै पनि संस्था वा व्यक्तिका लागि खुला गरिने छ ।

लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ । मूल्य भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।

बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजको ३५ दिन भित्र कुमारी क्यापिटल नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

काठमाडौंमा सवारीको ब्लूबुक कीर्ते गर्ने गिरोह सक्रिय, सजग रहन आग्रह Read Previous

काठमाडौंमा सवारीको ब्लूबुक कीर्ते गर्ने गिरोह सक्रिय, सजग रहन आग्रह

सेल पेबाट क्लासिक टेकको बिल भुक्तानी गर्दा बुलेट बाइक जित्ने अवसर Read Next

सेल पेबाट क्लासिक टेकको बिल भुक्तानी गर्दा बुलेट बाइक जित्ने अवसर