काठमाडौंमा सवारीको ब्लूबुक कीर्ते गर्ने गिरोह सक्रिय, सजग रहन आग्रह

काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लूबुक)मा कीर्ते गर्ने केही व्यक्तिहरुको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लूबुक नदिन आग्रह गरेको छ ।

वास्तविक सवारीधनीको ब्लूबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक सूचना जारी गरी आफ्नो सवारी साधन र सवारी दर्ता किताब अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको हो ।

हालै ब्लूबुक कीर्ते गरेर गाडी बेचेको अभियोगमा चारजनालाई पक्राउ गरेर कारबाही थालिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले त्यसतर्फ सम्बन्धित सवारीधनी नै सचेत हुनुपर्ने बताए ।

अभियुक्तहरूले सवारीधनी एभरेष्ट बैंक र ऋणी गजेन्द्र लोहनी विश्वकर्मा भएको बा२०च ६४६७ नम्बरको गाडीको सवारी दर्ता किताबमा कीर्ते गरी उक्त गाडी खरिदबिक्री गरेका उनले राससलाई बताए ।

यही असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउदलाई चाबहिलबाट दुई थान कीर्ते सवारी दर्ता किताबसहित पक्राउ गरिएको थियो ।

नीतिगत लचकतापछि घर कर्जा विस्तारमा आक्रमक बन्दै बैंक, साउन यता दिए ४१ अर्ब ऋण Read Previous

नीतिगत लचकतापछि घर कर्जा विस्तारमा आक्रमक बन्दै बैंक, साउन यता दिए ४१ अर्ब ऋण

कुमारी बैंकको झण्डै १४ लाख कित्ता सेयर लिलामीमा आयो Read Next

कुमारी बैंकको झण्डै १४ लाख कित्ता सेयर लिलामीमा आयो