काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइतबार प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले बैंकको चुक्ता पूँजी वृद्धि गरी २० अर्ब पुर्याउने प्रस्ताव पनि पारित गरेको छ । जसको लागि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता प्राथमिक साधारण शेयर (आइपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले दीर्घकालिन स्रोत संकलन गर्न विदेशी वित्त बजारबाट अफशोर बोण्ड जारी गरी ५ अर्ब भित्र्याउने कार्य अघि बढाई सकेको जानकारी पनि दिएको छ ।
बैंकले २ वटा जलविद्युत् आयोजनाहरुमा ३ अर्ब लगानी गर्ने भएको छ । बैंकले लगानी स्वीकृत गरिसकेको जनाएको छ ।
साथै बैंकले सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधारका परियोजनाहरुमा लगानी गर्न आवश्यक अध्ययन गरिरहेको साधारण सभामा समेत जानकारी गराएको छ । उक्त परियोजनाहरुलाई आवश्यक स्रोत संकलन गर्दै निकट भविष्यमै लगानी विस्तार गर्दे जाने बैंकको योजना रहेको छ ।
बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८. ९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहनेछ।