यती एयरलाइन्स बन्यो हिमालयन शेर्पाको मुख्य प्रायोजक

काठमाडौं । ‘ए’ डिभिजनमा रहेको हिमालयन शेर्पा क्लबलाई यती एयरलाइन्सले एक वर्षका लागि २० लाख रुपैयाँ बराबरको मुख्य प्रायोजन गरेको छ । यतिले हिमालयनलाई प्रायोजन गरेको यो तेस्रो पटक हो ।

 

हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यती एयरलाइन्सका निर्देशक समर राणासँग २० लाख बराबरको मुख्य प्रायोजन गर्ने सम्झौतापत्रमा आज हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब क्लबको नाम यती हिमालयन शेर्पा क्लब हुनेछ ।

 

सम्झौतापछि यती एयरलाइन्सका वरिष्ठ व्यवस्थापक भीमराज राईले सामाजिक उत्तरदायित्वको काम गर्ने उद्देश्यसहित क्लबलाई सहयोग गरिएको बताए। क्लबका अध्यक्ष शेर्पाले यस किसिमको सहयोगले क्लब र फुटबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मोदी राजको आडमा अमित शाहका छोराले यसरी मारे व्यवसायीक छलाङ Read Previous

मोदी राजको आडमा अमित शाहका छोराले यसरी मारे व्यवसायीक छलाङ

इन्फ्रास्ट्रक्चर बैंकले विदेशबाट ५ अर्ब भित्र्याउँदै Read Next

इन्फ्रास्ट्रक्चर बैंकले विदेशबाट ५ अर्ब भित्र्याउँदै