उपत्यकामा एनआइसी एशिया बैंकका एकैसाथ दुई शाखा संचालनमा

काठमाडौं । एनआइसी एशिया बैंकले उपत्यकामा एकैसाथ दुई नयाँ शाखा संचालनमा ल्याएको छ ।

 

बैंकले ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौं महानगरपालिका वडा नं १, दरबारमार्गमा आइतबारदेखि शाखा सञ्चालनमा ल्याएको हो ।

 

मंगलबजार शाखाको समुद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाको समुद्घाटन बैंकको उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेज राज तिमिल्सिनाले गरे ।

 

यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौं क्षेत्रका ग्राहकलाई बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

 

हाल बैंकले देशभरका ३११ शाखा कार्यालयहरु, ४०३ एटीएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

इन्फ्रास्ट्रक्चर बैंकले विदेशबाट ५ अर्ब भित्र्याउँदै Read Previous

इन्फ्रास्ट्रक्चर बैंकले विदेशबाट ५ अर्ब भित्र्याउँदै

फास्ट ट्रयाकमा पर्ने २७ हजार रूख काटियो, १ रुख बराबर २५ रुख रोप्नुपर्ने Read Next

फास्ट ट्रयाकमा पर्ने २७ हजार रूख काटियो, १ रुख बराबर २५ रुख रोप्नुपर्ने