राष्ट्र बैंकले १० अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले फरक फरक दुई अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

 

बैंकले ९१ दिने अवधिका लागि ८ अर्ब २३ करोड रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

 

९१ दिने अवधि बिल आगामी चैत ४ मा परिपक्व हुनेछ भने ३६४ दिन अवधिको अर्को वर्षको मंसिर ३० गते परिपक्क हुनेछ ।

 

ट्रेजरी बिल अनलाइन बोल-कबोलका आधारमा मंसिर ३० दिउँसो २ बजे विक्री गरिने छ भने बिलको निष्कासन पुस १ गते मंगलबार गरिने छ।

 

यस ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

 

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य Read Previous

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

मोदी राजको आडमा अमित शाहका छोराले यसरी मारे व्यवसायीक छलाङ Read Next

मोदी राजको आडमा अमित शाहका छोराले यसरी मारे व्यवसायीक छलाङ