काठमाडौं । मनकामना केबलकार करिब ५० दिनको लागि बन्द भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति गर्न र केबल तारको लठ्ठा फेर्ने कार्य गर्न बन्द गरिएको हो ।
कम्पनीका अनुसार केबलकार सेवा असार ३१ गतेदेखि असोज दोस्रो सातासम्म बन्द रहने छ । यस अवधिमा दर्शनर्थीलाई पर्ने असुविधा प्रति क्षमायोचना समेत गरेको छ ।
गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो ।
मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।