धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा चलखेल नगर्न लगानीकर्ताको चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा चलखेल नगर्न सेयर लगानीकर्ताले सरकारलाई चेतावनी दिएका छन् ।

शनिबार सेयर लगानीकर्ताका ४ वटा संघहरूले संयुक्त विज्ञप्ति निकाल्दै बोर्ड अध्यक्ष नियुक्त गर्दा कुनै कैफियत भए टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका हुन् ।

सरकारले गत पुसदेखि रिक्त बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ । सोही क्रममा आज सर्टलिस्टमा परेका ५ जनालाई कार्ययोजना प्रस्तुतिका लागि बोलाएको छ ।

विगत ६ महिनादेखि रिक्त रहेको बोर्डको अध्यक्ष नियुक्ति नहुनु लज्जाको विषय रहेको लगानीकर्ताले बताएका छन् । अध्यक्ष नियुक्त प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको समाचार सार्वजनिक भइरहेको, केही व्यवासायिक घरानाले स्वार्थको लागि आफ्नो मान्छे नियुक्ति गर्न दबाब दिएको भन्ने सुन्नमा आएकाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूले बताएका छन् ।

सरकारले बोर्ड अध्यक्ष्मा अनुभवी, स्वतन्त्र, अन्तर्राष्ट्रिय पूँजी बजार सम्बन्धी राम्रो ज्ञान भएको व्यक्ति नियुक्त गर्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा सरकारको गल काम कारबाही टुलुटुलु हेरेर नबस्ने र तथ्यगत प्रमाणको आधारमा आवश्यक कदम चाल्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै Read Previous

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

मनकामना केबलकार ५० दिनका लागि बन्द Read Next

मनकामना केबलकार ५० दिनका लागि बन्द