७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

काठमाडौं । सरकारले सात इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले एक सूचना जारी गर्दै तोकिएको समयावधिभित्र नवीकरण नगर्ने कम्पनीको लाइसेन्स रद्द भएको जानकारी गराएको हो ।

प्राधिकरणका अनुसार काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालि, मोरङको वशिष्ठ केबल नेट प्रालि र इन्फो नेट टेक्नोलोजी प्रालि, जुम्लाको सिम्पल इन्टेलिजेन्ट टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेसन प्रालि, गुल्मीको फास्ट स्पिड लिंक नेटवर्क प्रालि र धनुषाको यस नेट प्रालिको लाइसेन्स खारेज भएको छ ।

यी ७ कम्पनीले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरणवापतको दस्तुर बुझाएर अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले लाइसेन्स स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।

मनकामना केबलकार ५० दिनका लागि बन्द Read Previous

मनकामना केबलकार ५० दिनका लागि बन्द

च्याङ्ग्राको भुवाको पश्मिनाको गुणस्तर बढाउन लोमान्थानमा 'डिडस्टिङ प्लाण्ट' स्थापना Read Next

च्याङ्ग्राको भुवाको पश्मिनाको गुणस्तर बढाउन लोमान्थानमा 'डिडस्टिङ प्लाण्ट' स्थापना