जाल्पा र किसान लघुवित्तले पाए मर्ज हुन अन्तिम स्वीकृति, स्वाप रेसियो कति ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुन अन्तिम स्वीकृति पाएका छन् ।

नेपाल राष्ट्र बैंकले दुई लघुवित्त मर्ज भई एकीकृत कारोबार गर्न जेठ २९ गते अन्तिम स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले दुई लघुवित्त मर्ज भई ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्न अनुमति दिएको हो ।

जाल्पा र किसान बीच गत साउन १० गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो भने गत चैत १८ गते मर्जर सम्बन्धी अन्तिम सम्झौता गरेका थिए ।

जाल्पा र किसान १:०.८८३४ सेयर अनुपातमा मर्ज हुन लागेका हुन् । हाल जाल्पा लघुवित्तको चुक्ता पूँजी १८ करोड २८ लाख रुपैयाँ र किसानको ५० करोड ४३ लाख रुपैयाँ छ ।

देशका ५२९४ वडाको मुख्य आम्दानीको स्रोत भूमि र मालपोत कर Read Previous

देशका ५२९४ वडाको मुख्य आम्दानीको स्रोत भूमि र मालपोत कर

अझै यी दुई कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ? Read Next

अझै यी दुई कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ?