
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।
लाभांश घोषणा गरेका कम्पनी मध्येमा पनि अधिकांशले साधरण सम्पन्न गरी लाभांश पनि प्रस्ताव पारित गरिसकेका छन् ।
नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत वर्षको वार्षिक साधरण सभा गर्नुपर्ने कानुनी व्यवस्था छ । सो अनुसार सूचीकृत डेढ सय बढी कम्पनीले पुस मसान्त भित्रै सभा सम्पन्न गरेका थिए । बाँकी कम्पनीले पनि त्यसयता साधरण सभा गरिसकेका छन् ।
तर, हालसम्म नागरिक लगानी कोष र सूर्योदय वोमी लघुवित्तले साधरण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् । तसर्थ ती कम्पनीको सेयर किन्दा अझै लाभांश पाइन्छ ।
गत वर्षको नाफाबाटनागरिक लगानी कोषले १४ प्रतिशत बाेनस र कर प्रयाेजनार्थ ०.७३ प्रतिशत गरी कुल १४.७३ प्रतिशत र सूर्योदय वोमीले १४.०७७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।
दुवै कम्पनीले अझै साधरण सभाको मिति तोकेका छैनन् । प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउने छन् ।