बन्दीपुर केबलकार भोलिदेखि व्यावसायिक संचालनमा आउने, टिकटमा ६०% छुट

काठमाठौं । तनहुँको बन्दीपुरमा निर्माण भएको बन्दीपुर केबलकार भोलि (जेठ ३१ गते)देखि व्यावसायिक संचालनमा आउने भएको छ ।

बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले एक सूचना जारी गर्दै भोलिदेखि केबलकार व्यवसायिक संचालनमा आउने जानकारी गराएको हो ।

यो केबलकार वैशाख १ गतेबाट आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकमा टप स्टेशन रहेको यो केबलकार १ हजार ७०० मिटर लामो छ ।

कम्पनीले व्यावसायिक सुरूवात गरेको अवसरमा सीमित समयका लागि ६० प्रतिशत छुटको अफर समेत सार्वजनिक गरेको छ।

केबलकारमा २१ डिब्बा यात्रु बोक्ने, ६ डिब्बा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा छन् । एक डिब्बामा आठ जनासम्म यात्रु बस्नसक्ने क्षमताको छ । एड्भेञ्चर डिब्बा भने अन्य डिब्बाको तुलनामा फरक किसिमको ९सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको० छ ।

प्रति घण्टा ५०० जना यात्री बोक्न सक्ने क्षमता रहेको यस केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्नेछ।

बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्ष्य गर्दै केबलकारसँगै रेष्ट्रोकार र तारेस्तरसम्मका होटल निर्माण गरिएको छ ।

पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको सत्रतले होटलभित्रै केबलकार पुगेर टुङ्गिनेछ । बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ । सोही भवनमा भिआइपी लन्च, ओपन रेष्टुरेन्ट (टुरिष्ट कोच), अतिथि स्वागतलगायत कार्य एउटै भवनबाट हुनेछ ।

एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ ।

 

नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा Read Previous

नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा

नेप्सेमा लगातार वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा लगातार वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट