नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिए।

उनले राजदूतसँगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रका साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको ठोस प्रयास हुने विश्वास व्यक्त गरे ।

मन्त्री भण्डारीले भने, ‘नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ, त्यसपश्चात्को केही वर्षका लागि अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताका लागि पहल गरिदिन पनि आग्रह गर्दछु ।’

उनले नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्न उद्योग तथा निर्यात व्यापार लक्षित प्राविधिक सहायता विस्तारका लागिसमेत भेटमा अनुरोध गरे ।

मन्त्री भण्डारीले भने, ‘अन्तरआबद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्धलगायत क्षेत्रमा बेलायत सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिबद्ध छ, हामी उद्योग, जलविद्युत् र शिक्षा क्षेत्रको विकासमा बेलायतको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।’

भेटमा राजदूत फेनले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको जनाउँदै नेपाल सरकारसँग नजिक भएर काम गर्न इच्छुक रहेको धारणा राखे । उनले भेटमा नेपाली निर्यातलाई प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। राजदूत फेनले बेलायत खुला अर्थतन्त्रको पक्षपाती मुलुक भएको जनाउँदै नेपाल र विश्व बजारका बीचमा आफूले सेतुको भूमिका खेल्ने बताए ।

झण्डै डेढ अर्बमा प्राधिकरणले संचालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक 'डेटा सेन्टर' Read Previous

झण्डै डेढ अर्बमा प्राधिकरणले संचालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक 'डेटा सेन्टर'

बन्दीपुर केबलकार भोलिदेखि व्यावसायिक संचालनमा आउने, टिकटमा ६०% छुट Read Next

बन्दीपुर केबलकार भोलिदेखि व्यावसायिक संचालनमा आउने, टिकटमा ६०% छुट