२० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक
चाणक्य पोष्ट
प्रकाशित : 4:37 pm, आइतबार, मंसिर २९, २०७६

Advertisement Section

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र २०८१’ जारी गर्ने भएको छ ।

 

राष्ट्र बैंकका अनुसार बचतपत्र खरिदको लागि पुस १ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा इच्छुक वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुलाई आवेदन दिन आग्रह गरिएको छ ।

 

उक्त बचतपत्र खरिद गर्दा १० प्रतिशत ब्याज पाइने छ । उक्त ब्याज ६/६ महिनामा भुक्तानी हुने छ भने ५ वर्षमा साँवा भुक्तानी हुने छ । यो ऋणपत्र लिँदा चाहेको समयमा बिक्री गर्न वा धितो खारी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत सकिने छ ।

 

यो बचतपत्र खरिद गर्ने व्यक्ति मुलुक बाहिर रोजगारीमा रहेको वा नेपाल फर्केको ४ महिना नपुगेको हुनुपर्ने छ । विदेशमा हुनेले बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सकिने छ ।

 

बचतपत्र खरिदको लागि ८ वटा वाणिज्य बैंक र दुई वटा मनि ट्रान्सफरबाट आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । आवेदन दिनको लागि नबिल बैंक तिनधारा दरबारमार्ग, प्रभु बैंक अनामनगर, सिटिजन्स बैंक कमलादी, माछापुच्छ्रे बैंक लाजिम्पाटबाट आवेदन दिन सकिन्छ ।

 

यस्तै, सनराइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरबाट आवेदन दिन सकिन्छ ।

 

Advertisement Section