सेयर बजारमा ६१ अंकको वृद्धिपछि ५ अंकको करेक्शन

काठमाडौं । सेयर बजारमा करेक्शन देखिएको छ । मंसिर १८ गतेदेखि लगातार उकालो लागेको बजारमा नवौं दिनमा करेक्शन भएको हो । आठ दिनमा ६१ अंकले बढेको बजार आज करिब ५ अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ४.७८ अंकले घटेर ११६७.८७ विन्दुमा आइपुगेको छ । आज १७२ कम्पनीको ६८ करोड ६० लाख ७६ हजार १११ रुपैयाँ बराबरको कारोबार भएको छ ।२० लाख ७२ हजार २३६ कित्ता सेयर किन बेच भएका छन् ।समग्र बजार पूँजीकरण १४ खर्ब ८३ अर्ब ५० करोड रहेको छ ।

 

कारोबार भएका १२ वटा समूहमध्येमा तीन समूहको सूचक उकालो लागेका छन् भने नौ समूहको सूचक ओरालो लागेका छन् । आज व्यापार समूहको सूचक सबैभन्दा धेरै १५.९२ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै १५१.९२ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ६ करोड ३७ लाख १५ हजार ९५३ रुपैयाँको कारोबार भएको छ ।

 

आज राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आज स्पर्श लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.४ प्रतिशतले घटेको छ ।

राजनेता छान्ने रियालिटी शोमा प्रतिस्पर्धाको आधार के ? रूपरङ्ग, वक्तृत्वकला वा हावादारी योजना Read Previous

राजनेता छान्ने रियालिटी शोमा प्रतिस्पर्धाको आधार के ? रूपरङ्ग, वक्तृत्वकला वा हावादारी योजना

२० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक Read Next

२० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक