अमेरिकी डलरको भाउ हालसम्मकै महँगो

काठमाडौं । अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ १ पैसा पुगेको छ ।

यो नेपाली मुद्रामा हालसम्मकै उच्च हो । यसअघि गत वैशाख ३० गते डलरको भाउ १३३ रुपैयाँ ९७ पैसा पुगेको थियो । राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर भने १३३ रुपैयाँ ४१ रुपैयाँ तोकेको छ ।

विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृिद्ध हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ । तर, नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मक समेत पर्ने जानकारहरू बताउँछन् ।

नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने बित्तिकै आयातीत वस्तु, इन्धन लगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याज भुक्तानीको दायित्व थपिन्छ ।

अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने Read Previous

अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने

हिमालयन बैंकबाट ६ प्रमोटर बाहिरिँदै, ५१ लाख कित्ता सेयर लिलामीमा Read Next

हिमालयन बैंकबाट ६ प्रमोटर बाहिरिँदै, ५१ लाख कित्ता सेयर लिलामीमा