हिमालयन बैंकबाट ६ प्रमोटर बाहिरिँदै, ५१ लाख कित्ता सेयर लिलामीमा

काठमाडौं । हिमालयन बैंकको झण्डै ५१ लाख कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा आएको छ ।

बैंकले विद्यमान ६ जना संस्थापक सेयरधनीको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

बैंकका अनुसार म्युचुअल ट्रेडिङको नाममा रहको ५० लाख कित्ता, पुनप्रसाद सुवेदीको ४० हजार ९४३ कित्ता, स्वान इन्टरनेशनलको ३१ हजार २३७, सुप्रिना मास्के र शैलेश नाथ मास्केको समान ८ हजार ३५७ कित्ता र उपेन्द्र मान प्रधानको नाममा रहको २ हजार ९२४ कित्ता सेयर लिलामीमा ल्याइएको हो ।

उक्त सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीले नकिनेमा दोस्रो चरणमा सर्वसाधरणका लागि बिक्रीमा ल्याइने बैंकले जनाएको छ ।

बैंकको सेयर किन्न इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

बिक्री मूल्य भने बिक्रेता अनुसार फरक फरक रहेकाले बैंकको केन्द्रय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

इच्छुक लगानीकर्ताले आजको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो Read Previous

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो

झण्डै डेढ अर्बमा प्राधिकरणले संचालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक 'डेटा सेन्टर' Read Next

झण्डै डेढ अर्बमा प्राधिकरणले संचालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक 'डेटा सेन्टर'